+
+
Shares

आफ्नो बारीमा हिँँड्यो भनेर सडक कुकुरको कुटीकुटी ह~त्या

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको कोशी गाउँपालिका वडा नं. १ मा ६–७ महिनाको सडक कुकुरलाई लठ्ठीले हानेर मारिएको घटना सार्वजनिक भएको छ।
  • घटनामा संलग्न व्यक्ति सन्तोष दासले प्रहरीलाई धम्की दिएका छन् र प्रहरीले छिट्टै उनलाई नियन्त्रणमा लिने तयारी गरिरहेको छ।
  • नेपालको मुलुकी अपराध संहिता अनुसार पशु क्रूरता गैरकानुनी छ र दोषीलाई ३ महिनासम्म कैद वा ५,००० रुपैयाँ जरिवाना हुन सक्छ।

सुनसरीको कोशी गाउँपालिका वडा नं. १ वा आसपासमा आज बिहान एक ६-७ महिनाको सडक कुकुर र दुईवटा आफ्नै गरी ३ वटा कुकुरलाई लठ्ठीले हानेर मारिएको घटना सार्वजनिक भएको छ ।

कुकुरले कुनै किसिमको क्षति  नगरेको भएपनि मकै बारीतर्फ हिँड्ने क्रममा एक स्थानीयले अचानक आक्रमण गरेको स्थानियले बताए ।

घटनामा संलग्न व्यक्ति करिब ३०–३५ वर्षका सन्तोष दास रहेको पशु  उद्धारकर्ता तुलाराम राजभण्डारीले जानकारी दिए । स्थानीयहरूका अनुसारबारीमा हिँडेकै निहुँमा कुटीकुटी हत्या गरेको हो ।

यो घटनापछि स्थानीय एक व्यक्तिले बिहान करिब ६ बजे तुलारामलाई फोन गरी जानकारी गराएका थिए । उनले सन्तोष दाससँग कुरा गर्दा  ‘जसलाई बोलाउने भए बोला, पुलिस आए पनि केही गर्न सक्दैन, यो केस कहीँ लाग्दैन’ भन्दै धम्की  दिएका थिए । यसपछि घटनाको विवरण र फोटोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

तुलाराम राजभण्डारी नेतृत्वको टोलीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दर्ता गरेको छ । प्रहरीले जाहेरीलाई गम्भीरतापूर्वक लिएको तत्काल टोली खटाएर कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

आज सरकारी बिदा भए पनि प्रहरीको रेस्पोन्स सकारात्मक रहेको र सन्तोष दासलाई छिट्टै नियन्त्रणमा लिने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।

कानुनी पक्ष र सजायको व्यवस्था

नेपालको मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ पशुपक्षी सम्बन्धी कसूर अन्तर्गत दफा २९० ले कुनै पनि पशु घरपालुवा वा सडक कुकुर समेत लाई कुटी, हिर्काई, यातना दिने, क्रूर तरिकाले मार्ने वा अनावश्यक पीडा दिने कार्यलाई गैरकानुनी ठहराएको छ । दफा २९१ ले सार्वजनिक स्थानमा पशु मार्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।

दोषी ठहरिएमा ३ महिनासम्म कैद, ५,००० रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुन सक्छ । यस्ता घटनामा प्रहरी अनुसन्धानपछि अदालतले प्रमाणका आधारमा सजाय तोक्छ ।

नेपालमा पशु क्रूरता विरुद्ध रिपोर्टिङ बढ्दै गए पनि सजाय कार्यान्वयनमा चुनौती रहेको छ, तर यो घटनामा प्रहरीको सक्रियताले सकारात्मक सन्देश दिन सक्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?