+
+
Shares

बेलायतमाथि ट्रम्पको टिप्पणी – हामीले जितिसकेपछि युद्धमा जोडिनुको अर्थ छैन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते १२:५०

२४ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायती प्रधानमन्त्री किर स्टार्मरमाथि कडा टिप्पणी गर्दै बेलायतलाई अब अमेरिकाको युद्धमा विमानवाहक जहाज पठाउन आवश्यक नरहेको बताएका छन् ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेख्दै ट्रम्पले बेलायतले मध्यपूर्वमा आफ्ना दुईवटा विमानवाहक जहाज पठाउने सोच बनाइरहेको भन्दै व्यङ्ग्य गरेका छन् । उनले लेखेका छन् , “हामीलाई अब ती जहाजहरू चाहिँदैनन्। हामीले जितिसकेपछि युद्धमा जोडिन खोज्ने मानिसहरू हामीलाई चाहिँदैन।”

ट्रम्पको यो आक्रोश बेलायतले सुरुमा इरानमाथि आक्रमण गर्नका लागि आफ्ना सैन्य आधार शिविरहरू प्रयोग गर्न अमेरिकालाई अनुमति नदिएका कारण उब्जिएको हो।

बेलायतले पछि ‘रक्षात्मक’ कार्यका लागि मात्र अनुमति दिए पनि ट्रम्प सन्तुष्ट देखिएका  छैनन् ।

उनले प्रधानमन्त्री स्टार्मरलाई विन्स्टन चर्चिलसँग तुलना गर्दै भने , ‘हामीले अहिले सामना गरिरहेको व्यक्ति विन्स्टन चर्चिल होइनन् ।’

यता, बेलायती प्रधानमन्त्री स्टार्मरले भने बेलायतको राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय लिनु आफ्नो कर्तव्य भएको बताउँदै अमेरिकासँगको ‘विशेष सम्बन्ध’ अझै कायमै रहेको दाबी गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?