१६ फागुन, काठमाडौं । इजालयलले इरानमाथि गरिरहेको आक्रमणमा अमेरिका संलग्न रहेको पुष्टि भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भइरहेको आक्रमणमा अमेरिका संलग्न रहेको पुष्टि गरेका हुन् ।
उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा आठ मिनेट लामो भिडियो पोस्ट गर्दै इरानमाथिको आक्रमणमा अमेरिका संलग्न भएको बताएका छन् ।
ट्रम्पले भिडियोमा अमेरिकाले इरानमा ठूला लडाइँका कारबाहीहरू सुरु गरेको उल्लेख गरेका छन् ।
‘हामीले बारम्बार सम्झौता गर्न खोज्यौं । हामीले प्रयास गर्यौं,’ उनले भनेका छन्, ‘हामी उनीहरूको मिसाइलहरू नष्ट गर्नेछौं र उनीहरूको मिसाइल उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्नेछौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4