+
+
Shares

कैलाली-२ मा प्रलोपा उम्मेदवारले गरे एमालेका सूर्य थापालाई समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १६ गते १२:३७

१६ फागुन, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार डम्बरबहादुर रावल प्रतिस्पर्धाबाट पछि हटेका छन् ।

प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका रावलले उम्मेदवारी निस्क्रिय पार्दै एमाले उम्मेदवार सुर्यबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेका छन् ।

दुई दलबीचको सहमतिअनुसार प्रत्यक्षतर्फ प्रलोपा एमालेका उम्मेदवार थापालाई समर्थन गर्ने र समानुपातिकतर्फ भने दुवै दलले आ-आफ्नो चुनाव चिह्नमा मत माग्ने निर्णय गरेका छन् ।

सहमति कार्यक्रममा प्रलोपा केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य भगत बडूवालले पार्टी नेता कार्यकर्ताको भावनाअनुसार निर्णय गरिएको बताए ।  ‘देश गम्भीर मोडमा छ । विभिन्न शक्तिहरू सक्रिय भइरहेका बेला संविधान र राष्ट्रिय अस्मिताको रक्षा गर्नुपर्ने आवश्यकता महसुस गर्दै हामी यो निर्णयमा पुगेका हौं’, बडूवालले भने ।

त्यस्तै, एमाले केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज लीला भण्डारीले आजको सहमतिले कैलाली-२ मा एमालेको जित सुनिश्चित भएको दाबी गरेकी छन् । ‘देश र संविधान जोगाउन आजको घोषणा महत्वपूर्ण छ । यसले यहाँ एमालेको जितलाई अझ बलियो बनाएको छ’, उनले भनिन् ।

उनले समान विचार भएका शक्तिहरूलाई पनि हातेमालो गर्न आह्वान गरिन् ।

प्रलोपा उम्मेदवारको समर्थनपछि सूर्यबहादुर थापाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । थापाले विकास र समृद्धिका लागि विभाजनभन्दा एकता आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षलाई सहकार्यका लागि आह्वान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?