+
+
Shares

कैलालीमा ६ सय क्युफिट अवैध काठ बरामद

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १९ गते १८:०८

१९ पुस, धनगढी । कैलालीमा डिभिजन वन कार्यालय धनगढीले लुकाएर राखिएको ६ सय क्युफिट अवैध काठ बरामद गरिएको छ ।

विशेष सूचनाका आधारमा चुरे गाउँपालिका क्षेत्रबाट डिभिजन वन कार्यालय धनगढीको टोलीले चिरान गरेर राखिएको अवैध काठ बरामद गरेको हो ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख डिभिजनल वन अधिकृत रामविचारी ठाकुर नेतृत्वमा गएको टोलीले चुरे गाउँपालिका–२ को  झरना सामुदायिक र त्रिवेणी सामुदायिक वनमा छापा हानेको थियो ।

डिभिजन वन प्रमुख विचारीले अवैध रूपमा चिरान गरेर राखेका सालका कडी, फन्टा तथा फ्रेम गरेर फेला पारेको हो । वन अधिकृत ठाकुरका अनुसार झरना सामुदायिक वनबाट दुई सय र बाँकी काठ त्रिवेणीबाट बरामद गरिएको हो ।

बरामद गरिएको काठ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा राखिएको छ ।

डिभिजन वन कार्यालय धनगढीले पछिल्लो समय अवैध काठ बरामद कार्यलाई अभियानका रूपमा बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?