News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीमा इलाका प्रहरी कार्यालय टीकापुरले सात ग्राम दुई सय मिलिग्राम खैरो हेरोइन मलद्वारमा लुकाएको अवस्थामा २८ वर्षीय सेराज सल्मानीलाई पक्राउ गरेको छ।
- सेराज सल्मानीलाई टीकापुर नगरपालिका–९, खकरौला बिट नजिकबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
- प्रहरीले विशेष सूचनाका आधारमा तलासी गर्दा मलद्वारभित्र लुकाइएको कालो प्लास्टिकको पोका बरामद गरेको छ।
२६ मंसिर, धनगढी। कैलालीमा मलद्वारमा लागूऔषध खैरो हेरोइन लुकाएको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरले मलद्वारमा सात ग्राम दुई सय मिलिग्राम लागूऔषध खैरो हेरोइन लुकाएर ल्याउने लम्कीचुहा नगरपालिका-१ बस्ने २८ वर्षीय सेराज सल्मानीलाई पक्राउ गरेको हो।
उनलाई टीकापुर नगरपालिका–९, खकरौला बिट नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दै उनीमाथि तलासी गर्ने क्रममा मलद्वारभित्र लुकाई राखेको कालो प्लास्टिकको एक पोका खैराे हेराेइन बरामद गरेकाे हाे । उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया 4