+
+
Shares

सिनामंगलमा असईले गरे ४ महिने छोराको हत्या, प्रहरी जवान श्रीमती पनि घाइते

हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट असई कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । उनलाई परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते ११:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक पुष्कर कार्कीले आफ्नै चार महिने छोराको हत्या गरेका छन्।
  • हत्या गरेर भागेका कार्कीलाई नागढुंगाबाट पक्राउ गरिएको छ र अनुसन्धान सुरु गरिएको छ।
  • कार्कीले छोराको उपचारका क्रममा श्रीमतीसँग विवाद भएपछि छोराको हत्या गरेको प्रहरीले बताएको छ।

२२ मंसिर, काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् ।

छोरा हत्याको आरोपमा असई पुष्कर कार्की पक्राउ गरेका छन् । हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट असई कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । उनलाई परिसरको हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ ।

कार्कीले आइतबार दिउँसो सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीले बताएको छ । ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा श्रीमती कृष्णा कुँवरसँग पुष्करको विवाद भएको थियो । त्यसपछि उनले छोराको हत्या गरेको प्रहरीले बताएको छ ।

पुष्करकी श्रीमती कृष्णा पनि प्रहरी जवान हुन् । दुवै जना काठमाडौंस्थित विमानस्थलमा कार्यरत छन् । श्रीमतीलाई समेत कुटपिट गरेर घाइते बनाएकाले अहिले कृष्णालाई उपचारका लागि महाराजञ्जस्थित नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?