१९ मंसिर, काठमाडौं । कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ७ महिना जेल सजाय सुनाइएका व्यक्ति २२ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका–४ का ४३ वर्षीय खेमबहादुर थजाली छन् । उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी नगरपालिका–८ कालिपुलबाट पक्राउ गरेको हो ।
थजाली समेतका व्यक्तिले ६ कात्तिक २०६० मा म्याग्दीको साविक दग्नाम गाविस–२ बस्ने धनराम तिलिजाको हत्या गरेका थिए । घरमा सुतिरहेका तिजिलालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । यो मुद्दामा उनलाई म्याग्दी जिल्ला अदालतले २९ चैत २०६३ मा १९ वर्ष ७ महिना कैद सजाय तोकेको थियो ।
त्यसयता उनी फरार हुँदै आएका थिए ।
प्रतिक्रिया 4