News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ।
- साहले म्यासेन्जरमा कुराकानी गरी पीडितलाई ललाई संवेदनशील अंग देखाउन लगाई नांगो तस्बिर र भिडियोको स्क्रिनसर्ट बनाए।
- उक्त तस्बिरहरू फेक फेसबुक एकाउन्टमा अपलोड गरेको आरोपमा साहविरुद्ध साइबर अपराधको मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिइएको छ।
१९ कात्तिक, काठमाडौं। सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–११ घर भएका २२ वर्षीय जीवनकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
म्यासेन्जरमा कुराकानी गर्ने क्रममा पीडितलाई ललाई फकाई प्रलोभनमा साहले पारेको प्रहरीले बताएको छ । त्यसपछि संवेदनशील अंगहरू देखाउन लगाई नांगो तस्विर÷भिडियोको स्किृनसर्ट गरेका थिए । उक्त तस्बिरहरु फेक फेसबुक एकाउन्ट बनाई अपलोड गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका साहविरुद्ध साइबर अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4