News Summary
Generated by OK AI. Editorially reviewed.- धिरज भन्ने मोतिधन राईलाई ३ भदौ २०७५ मा टोखा नगरपालिका–४ बिष्णुमति पुलस्थित बंगुर फार्मभित्र युवक छत्र सिंह राईको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ।
- काठमाडौं जिल्ला अदालतले १ असोज २०७६ मा धिरजलाई २५ वर्ष कैदको फैसला सुनाएको थियो र उनी केन्द्रीय कारागार सुन्धारामा थुनामा थिए।
- जेनजी आन्दोलनको क्रममा फरार भएका धिरजलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शिखरपुरबाट पक्राउ गरी पुनः कारागार पठाइएको छ।
२४ वैशाख, काठमाडौं । टोखा नगरपालिका–४ बिष्णुमति पुलस्थित एक बंगुर फार्मभित्र युवकको हत्या गरेको घटनामा दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खोटाङ घर भई काभ्रेको पाँचखाल नगरपालिका–७ शिखरपुरमा बस्ने ४३ वर्षीय धिरज भन्ने मोतिधन राई छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शिखरपुरबाट पक्राउ गरेको हो ।
३ भदौ २०७५ मा बंगुर फार्मभित्र छत्तर राई भन्ने छत्र सिंह राईको हत्या धिरजले गरेका थिए । बाँसको भाटाले हानेर उनले हत्या गरेको कसुरमा काठमाडौं जिल्ला अदालतले १ असोज २०७६ मा धिरजलाई २५ वर्ष कैदको फैसला सुनाएको थियो ।
त्यसपछि उनी केन्द्रीय कारागार सुन्धारामा थुनामा थिए । जेनजी आन्दोलनको क्रममा उनी फरार भएका थिए । पक्राउ परेका उनलाई कारागार पठाइएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4