+
+
Shares

कीर्तिपुरमा युवक हत्या प्रकरण : तीन जनासँग प्रहरीले गर्‍यो सोधपुछ*

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २३ गते १७:४४

२३ वैशाख, काठमाडौं । कीर्तिपुरमा दिउँसै धारिलो हतियार प्रहार गरेर एक युवकको हत्याबारे प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ । तीन जनासँग बुधबार दिउँसो प्रहरीले घटनाबारे सोधपुछ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार बुधबार दिउँसो साढे २ बजे गुल्मी धुर्कोट घर भई कीर्तिपुर बस्दै आएका विपिन घिमिरेमाथि धारिलो हतियार प्रहार भएको थियो ।

गम्भीर घाइते भएका उनलाई उद्धार गरेर कीर्तिपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीका अनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको थियो ।

(नोट- यसअघि प्रहरी प्रधान कार्यालयले नै यस हत्या प्रकरणमा तीन जना पक्राउ भनेर जानकारी दिए पनि पछि सोधपुछ मात्र गरिएको सूचना आएपछि सच्याइएको छ–सम्पादक *)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?