+
+
Shares

जेनजी आन्दोलनमा भागेका कैदी पक्राउ

कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारामा रहेकोका उनी गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भागेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्ला अदालतले २०७६ असोज १ गते जन्मकैद सजाय सुनाएका फरार धीरज मोतिधन राईलाई प्रहरीले काभ्रे पाँचखाल नगरपालिका-७ बाट पक्राउ गरेको छ।
  • धीरज मोतिधन राई गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट भागेका थिए।
  • उनीलाई आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारामा पठाइएको छ।

२४ वैशाख, काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी काभ्रे पाँचखाल नगरपालिका-७ बस्ने खोटाङ घर भएका ४३ वर्षीय धीरज भन्ने मोतिधन राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०७६ असोज १ गतेको फैसलाले उनीमाथि जन्मकैद सजाय सुनाएको थियो । कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारामा रहेकोका उनी गत भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा भागेका थिए ।

फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काभ्रे पाँचखाल नगरपालिका-७ शिखरपुरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?