News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नयाँबजारबाट ९ किलो ३६० ग्राम यार्सागुम्बा र २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा चिनियाँ नागरिक ३७ वर्षीय एमए मसु र काठमाडौं ३१ घर भएका ३६ वर्षीय नबिला बानु छन्।
- उनीहरुबाट अवैध बन लसुन, सुकेका किराहरु, गुच्ची च्याउ, गुन्द्रक जस्तो जडिबुटी र तौल गर्ने मेसिन बरामद गरिएको छ।
९ मंसिर, काठमाडौं। ९ किलो भन्दा बढी यार्सागुम्बा र २० लाख रुपैयाँसहित काठमाडौंबाट दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक ३७ वर्षीय एमए मसु र काठमाडौं ३१ घर भएका ३६ वर्षीय नबिला बानु छन्।
उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँबजारबाट पक्राउ गरेको हो।
उनीहरुबाट अवैध ९ किलो ३६० ग्राम यार्सागुम्बा, १५७ किलो बन लसुन, १०१ किलो सुकेका किराहरु, गुच्ची च्याउ ७ किलो ९ सय ग्राम, गुन्द्रक जस्तो देखिने नाम नखुलेको जडिबुटी साढे ७ किलो, तौल गर्ने मेसिन २ थान, क्यालकुलेटर १ थान, ३ थान मोबाइल र नगद २० लाख बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए।
पक्राउ परेकाहरुलाई वन ऐनअनुसार कारबाही गर्न डीभीजन वन कार्यालय हात्तिसार पठाइएको छ ।
प्रतिक्रिया 4