१९ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई हिन्दु धर्मावलम्बीहरूको धार्मिक ग्रन्थ गीता उपहार दिएका छन् ।
दुईदिने भारत भ्रमणमा नयाँदिल्ली पुगेका पुटिनलाई मोदीले बिहीबार उपहार स्वरूप रूसी भाषामा लेखिएको धार्मिक ग्रन्थ गीता दिएका हुन् ।
मोदीले सोशल मीडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘राष्ट्रपति पुटिनलाई रूसी भाषामा लेखिएको गीताको एकप्रति दिएको छु । गीताको शिक्षाले संसारभरका लाखौं मानिसहरूलाई प्रेरणा दिनेछ ।’
रूसका राष्ट्रपति पुटिन बिहीबार दुई दिवसीय भारत यात्राका क्रममा नयाँ दिल्ली पुगेका थिए । उनी सवार विमान दिल्लीको पालम एयरपोर्टमा अवतरण भएको थियो ।
पुटिनको स्वागतका लागि भारत्ीय प्रधानमन्त्री मोदी आफैं एयरपोर्ट पुगेका थिए । एयरपोर्टमा भएको औपचारिक स्वागतपछि दुवै नेताहरू एउटै गाडीमा बसेर मोदीको आवास पुगेका थिए ।
प्रतिक्रिया 4