+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
१०३ बलमा १५२ रन आवश्यक
चितवन राइनोज 2025
18/1 (2.5)
Shares

दिल्ली आइपुग्न लागे पुटिन, मोदीले विमानस्थलमै स्वागत गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १८:२४
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका लागि मस्कोबाट प्रस्थान गरेका छन्।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमै पुटिनलाई स्वागत गर्ने तयारी गरेका छन्।
  • पुटिनको भ्रमणमा भारत–रूसबीच ९ वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुन सक्ने सम्भावना छ।

१८ मंसिर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणका लागि मस्कोबाट प्रस्थान गरेका छन् । पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेर स्वागत गर्ने तयारी छ ।

यसलाई भारतले पुटिनको भ्रमणलाई दिइएको उच्च प्राथमिकताको संकेतका रूपमा लिइएको छ । प्रधानमन्त्रीस्तरको विशेष प्रोटोकल विमानस्थलमा लागू गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

युक्रेनविरुद्धको युद्ध सुरु भएपछि पहिलो पटक पुटिन भारत भ्रमणमा आउन लागेका हुन् । भारतीय समय अनुसार पुटिन बिहीबार साँझ ६:३० बजेसम्म दिल्ली ओर्लिनेछन् ।

पुटिनको स्वागतमा मोदीले बिहीबार साँझ भोज आयोजना छन् । पुटिन बिहीबारदेखि करिब ३० घण्टा भारतमा रहनेछन् । भारत–रूसबीच रणनीतिक सम्बन्ध स्थापित भएको २५ वर्ष पूरा भएको सन्दर्भ पारेर पुटिन दुई दिने भारत यात्रामा निस्किएका छन् ।

भ्रमण टोलीमा पुटिनसँगै उच्चस्तरीय मन्त्रीस्तरीय टोली पनि भारत आउँदैछन् ।

उनको टोलीमा रक्षा मन्त्री आन्द्रेइ बेलोउसफ, अर्थ मन्त्री एन्टोन सिलुआनोभ, कृषि मन्त्री ओक्साना लुट, आर्थिक विकास मन्त्री म्याक्सिम रेस्निकोभ, स्वास्थ्य मन्त्री मिखाइल मुर्शाको, गृह मन्त्री भ्लादिमिर कोल्कोल्त्सेभ र यातायात मन्त्री रोमन निकितिन रहेका छन् ।

सन् २००० अक्टोबरमा भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयी र पुटिनले दुई देशको रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए । पुटिनको भ्रमणका दौरान भोलि शुक्रबार भारत र रूसबीच ९ वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुन सक्ने सम्भावना छ ।

मोदी र पुटिनबीच यसअघि गत सेप्टेम्बर १ मा चीनको तिआनजिनमा भएको शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका बेला भेट भएको थियो । प्रत्यक्ष भेट वार्ता कम भएपनि सन् २०२५ मा मात्रै मोदी र पुटिनबीच कम्तीमा पाँच पटक टेलिफोनमा संवाद गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?