+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
68/2 (9.3)
VS
चितवन राइनोज 2025
0/0
Shares

मोरङमा भाइको हत्या गरेर एक व्यक्ति फरार

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १८ गते १६:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङको जहदामा दाजु राजकुमार साहले भाइ श्रवणकुमार साहलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।
  • हत्या पछि राजकुमार साह भारत भागेका छन् र घटनास्थल भारतीय सीमासँग करिब १ सय मिटर टाढा छ।
  • प्रहरीले सामान्य घरायसी विवादमा भएको घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

१८ मंसिर, विराटनगर । मोरङको जहदामा भाइको हत्या गरी दाजु फरार भएका छन् ।

जहदा गाउँपालिका–७ तरिगामास्थित मझारेका २८ वर्षीय श्रवणकुमार साहमाथि दाजु राजकुमार साहले धारिलो हतियार प्रहार गरेका थिए । सामान्य घरायसी विवादमा भाइको हत्या गरी दाजु भारत भागेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार सामान्य विवादमा बुधबार राति हतियार प्रहार भएको देखिन्छ ।

धारिलो हतियारबाट घाइते भएका श्रवणलाई विराट टिचिङ अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।

घटनास्थलबाट भारतीय सीमा करिब १ सय मिटर दूरी टाढा छ । भाइको हत्यापछि दाजु भारत तर्फ भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतक श्रवण र फरार राजकुमार काकाठूलो बुवाका छोरा हुन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?