
News Summary
Generated by OK AI. Editorially reviewed.- रूसी राजदूत डेनीस अलिपोभले भारतले रूससँग कच्चा तेल खरिद गर्दा भारतीय अर्थतन्त्र र जनताका लागि फाइदा पुगेको बताउनुभयो।
- अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले रूससँग तेल खरिदमा कटौती गर्ने बताइरहँदा राजदूत अलिपोभले त्यसको प्रतिवाद गर्नुभयो।
- राजदूत अलिपोभले रूसले भारत–अमेरिकासम्बन्धमा हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ र द्विपक्षीय सम्बन्धलाई पृथक राखिने बताउनुभयो।
३० असोज, काठमाडौं । भारतमा रहेका रूसी राजदूत डेनीस अलिपोभले रूससँग कच्चा तेल खरिद गर्नु भारतकै लागि लाभदायक भएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूससँग खरिद गर्ने कच्चा तेलको परिमाणमा कटौती गर्ने बताइरहेका बेला रूसी राजदूतले त्यसको प्रतिवाद गरेका छन् ।
राजदूत अलिपोभले भने, ‘भारतलाई रूसी तेल आपूर्ति गर्ने विषयमा निरन्तर सहकार्य भइरहेको छ । हामी यस क्षेत्रका विषयमा भारतसँग छलफल जारी राख्नेछौं भन्ने विश्वास छ ।’
साथै उनले रूसले भारत–अमेरिकासम्बन्धमा कुनै हस्तक्षेप नगर्ने पनि प्रष्टिकरण दिएका बीबीसीले जनाएको छ ।
उनले भने, ‘भारत र अमेरिकाबीचको सम्बन्धमा हामी कुनै हस्तक्षेप गर्दैनौं । त्यो दुई देशबीचको द्विपक्षीय सम्बन्ध हो । भारतको हामीसँग पनि पृथक द्विपक्षीय सम्बन्ध छ ।’
रूससँग कच्चा तेल खरिद गर्दा भारतीय अर्थतन्त्र र भारतीय जनताका लागि ठूलो फाइदा पुगिरहेको उनको भनाइ छ ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले रूससँग तेल खरिद गर्न बन्द गर्ने दाबी गरेका थिए ।
प्रतिक्रिया 4