२२ मंसिर, काठमाडौं । थाइल्यान्डले कम्बोडियामाथि हवाई आक्रमण सुरू गरेको छ । थाइल्यान्डको शाही सेना (रोयल आर्मी) ले कम्बोडियासँगका झडपहरू पछि हवाई आक्रमण सुरू गरेको बताएको छ ।
आक्रमण थाल्यान्ड–कम्बोडियाको विवादित सीमा क्षेत्रमा भइरहेको बीबीसीले जनाएको छ ।
सोमबार बिहान थाइल्यान्डले आफ्नो सैन्य टुकडीमाथि कम्बोडियाका तर्फबाट फायरिङ हुँदा दुई सैनिकको मृत्यु भएको र अन्य चार जना घाइते भएका बताएको थियो ।
यद्यपि, केही समयपछि थाइल्यान्डको सेनाले मारिएका सैनिक र घाइतेको संख्या परिवर्तन गरेको थियो । थाई सेनाका प्रवक्ताले पत्रकार सम्मेलनमा कम्बोडियाका तर्फबाट फायरिङ हुँदा एक सैनिकको मृत्यु भएको र आठ सैनिक घाइते भएका बताएका थिए ।
उता, कम्बोडियाले आक्रमणको सुरूवात थाइल्यान्डले गरेको दाबी गर्दै आफूले जवाफ फर्काएको बताएको छ । दुवै देशहरूले एकअर्कामाथि युद्ध विराम उल्लंघनको आरोप लगाएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मलेसियाको मध्यस्थता थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम भएको थियो ।
गत जुलाई महिनमा सीमा विवादका कारण दुवै देशबीच पाँच दिन संघर्ष चलेको थियो । उक्त संघर्षम कम्तिमा पनि ४८ जनाको मृत्यु भएको थियो । झण्डै तीन लाख मानिसहरू विस्थापित भएका थिए ।
प्रतिक्रिया 4