+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
६ बलमा १४ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
116/5 (18.6)
Shares

‘महिलामा हिंसाको स्वरूप बदलिएको छ, कम भएको छैन’

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते १८:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले घरेलु हिंसामा ९९ प्रतिशत महिला पीडित हुने र पुरुष पीडित एक प्रतिशतभन्दा कम हुने जानकारी दिइन्।

काठमाडौं । प्रविधिलाई हिंसाको हतियार बन्न दिन नहुने सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले बताएकी छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी), नेपाल ल क्याम्पस र नेपाल पर्यटन बोर्डले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

महिला हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा न्यायाधीश प्रधानले समाजमा परम्परागत हिंसा कायमै रहेको बताइन् । लघुताभाष र पितृसत्तात्मक सोचले समाजमा हिंसा कायमै रहेको बताइन् ।

हिंसा कायमै रहेको बताइन् । अहिले नेपाली समाजमा हिंसा न्यूनीकरण भएको छैन, हिंसाको स्वरुप परिवर्तन भएर विद्यमान रहिरहेको छ, उनले भनिन्, ‘अदृश्य शक्तिले समाजको आवाजलाई बाहिर आउन दिएको छैन, महिलामाथिको अन्याय निरन्तर छ, यसलाई न्यूनीकरण गर्नका लागि अन्तरस्थितिसँग जोडिदै जानुपर्छ ।’

न्याय सम्पादनको क्रममा आफ्नो अनुभव सुनाउँदै न्यायाधीश प्रधानले घरेलु हिंसामा ९९ प्रतिशत महिला पीडित भएको मुद्दा आउने गरेको जानकारी दिइन् । समाजमा पुरुष पनि पीडित हुने गरेको तर उनीहरूको संख्या एक प्रतिशतभन्दा बढी नभएको उनले जानकारी दिइन् ।

महिलाविरुद्ध हुने हिंसा घर, सार्वजनिक स्थल, कार्यस्थललगायत सबै ठाउँमा हुने गरेको उनले बताइन् । वैवाहिक हिंसा एउटा उदाहरण भएको प्रस्तुत गर्दै उनले भनिन्, ‘यौन हिंसा मात्र होइन, अधिकार पनि हो । यौनलाई अधिकारको रुपमा प्रयोग गर्न पुरुषप्रधान समाजको मनस्थिति पहिला परिवर्तन हुनुपर्छ ।’

महिला हिंसा विरुद्ध पुरुषको पनि साथ लिएर अघि बढ्दा समाजमा छिटो र प्रभावकारी परिवर्तन आउने उनले बताइन् । ‘महिला र पुरुषले सँगै उडान भर्ने हो भने र महिला हिंसाविरुद्ध संस्थागत प्रतिबद्धता जनाउने हो भने समाजमा व्याप्त हिंसालाई न्यूनिकरण गर्न सकिन्छ’ मल्लले भनिन् ।

कार्यक्रममा नेपाल ल क्याम्पसकी प्राध्यापक मनिषा पौडेलले महिला हिंसाविरुद्धको १६ दिने अभियान क्याम्पसले विगत ४ वर्षदेखि सञ्चालन गरिरहेको जानकारी दिइन् । यस वर्ष भने फरक तरिकाबाट अभियान सञ्चालन गर्न नेपाल पर्यटन बोर्ड र एफडब्लुएलडीले साथ र सहयोग गरेको उनले बताइन् ।

यस्ता कार्यक्रमले विद्यार्थीले आर्जन गरेको ज्ञान, सिप र अनुभवको परीक्षा हुने भएकाले महिला हिंसाविरुद्धको अभियान यो वर्ष नयाँ ढंगले सञ्चालन गरेको प्राध्यापक पौडेलको भनाइ छ ।

भाष्कर तेजश्री मेमोरियल फाउनडेसनले महिला हिंसा र बालबालिकामा हुने गरेको हिंसाका बारेमा अध्ययन र अनुसन्धान गरिरहेको डा. रिता थापाले जानकारी दिइन् । उनले स्कुलमा बालबालिकामा ६६ प्रतिशत र २२ प्रतिशत शिक्षकबाट हिंसा हुने गरेको तथ्यांक प्रस्तुत गरिन् । लुम्बिनी प्रदेशमा गरिएको एउटा अध्ययनको तथ्यांक थापाले प्रस्तुत गरिन् । जसमा ७४ प्रतिशत महिलामा यौन दुर्व्यवहार हुने गरेको त्यसमध्ये पनि १० वर्षमुनिका ३१ प्रतिशत बालबालिकामा यौन हिंसा हुने गरेको देखिएको छ ।

कार्यक्रममा नेपाल ल क्याम्पसका विद्यार्थीले हिंसालाई शून्यमा झार्न सहयात्रा सुरु गरौं नाटक प्रस्तुत गरेका थिए भने महिला हिंसा विरुद्ध बनाइएका विभिन्न कला प्रदर्शनी पनि गरिएको थियो । कार्यक्रमको अन्त्यमा हिंसाविरुद्ध प्यानल डिस्कसन भएको थियो ।

छलफलमा महिला आयोगकी विद्याकुमार सिन्हा, मानवअधिकारवादी रेणु राज भण्डारी र एफडब्लुएलडीका अधिवक्ता सुष्मा गौतम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?