+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

‘गोरखा’ कस्ट्युमबाट ग्लोबल मञ्चसम्म : इन्जिनियर सोनमको फेसन यात्रा

करिअर भन्नाले कि त डाक्टर, इन्जिनियर वा शिक्षक बुझिन्थ्यो । त्यसकारण सोनाम पनि इन्जिनियर बन्ने सपनाको यात्रामा थिए । र, त्यो पूरा गर्न लागिपरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते ११:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कुनै दिन फेसन डिजाइनर बन्छु भनेर सोचेका थिएनन्।

सन् २०२० सम्ममा सोनम सुब्बा लिम्बुको कथा अर्कै थियो ।

खासमा पूर्वी नेपालको इलाममा चिया खाँदै हुर्केका सोनम त्यसबेला इन्जिनियरिङ कोर्स गरिरहेका थिए । उनको भविष्यको योजना नै इन्जिनियर बन्ने थियो ।

अनि सके अस्ट्रेलिया गएर मास्टर्स, पीएचडी गर्ने र त्यसपछि इन्जिनियरको रूपमा काम गर्दै स्थिर जीवन बिताउने ।

अहिले उनको कथा फेरिएको छ । उनीसँग ठोक्किने पात्रहरूमा बदलाव आएको छ । २०२० पछि उनी बिल्कुलै नयाँमा यात्रामा होमिए– फेसन डिजाइनिङ ।

यो उनको बाल्यकालीन सपना पनि थियो । सात वर्षको उमेरदेखि नै उनले यस क्षेत्रमा रुचि राख्थे। तर पनि कुनै दिन फेसन डिजाइनर बन्छु भनेर सोचेका थिएनन् । मान्छेको रुचिलाई केले छेक्न सक्छ र !

काठमाडौँ आएपछि उनले हरेक शुक्रबारको टिजीआईएफ खण्डमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सेलिब्रेटीहरूको बारेमा हेर्ने र अध्ययन गर्ने गर्थे । त्यो समय फेसन डिजाइनिङलाई करिअरको रूपमा हेरिँदैनथ्यो । करिअर भन्नाले कि त डाक्टर, इन्जिनियर वा शिक्षक बुझिन्थ्यो ।

त्यसकारण सोनम पनि इन्जिनियर बन्ने सपनाको यात्रामा थिए । र, त्यो पूरा गर्न लागिपरेका थिए । २०२० मा अचानक आएको कोभिड महामारीले उनको सपनामा ब्रेक लगाइदियो ।

अझ ब्याक गिएर नै लगाइदियो । त्यो कहालीलाग्दो समयमा देशका धेरै व्यवसायहरू बन्द हुने तरखरमा । उनले भने त्यही समयमा अवसर देखे । र, सम्पूर्ण ऊर्जा, जोश, जाँगर लगाएर आफ्नो बाल्यकालीन सपनाको बीउ रोप्न लागे ।

त्यो कहालीलाग्दो समयमा देशका धेरै व्यवसायहरू बन्द हुने तरखरमा । उनले भने त्यही समयमा अवसर देखे । र, सम्पूर्ण ऊर्जा, जोश, जाँगर लगाएर आफ्नो बाल्यकालीन सपनाको बीउ रोप्न लागे ।

सोनम भाग्यमा पनि विश्वास गर्छन् । त्यस भन्दाबढी श्रममा । ‘कडा परिश्रम गरे बाटो आफैं राम्रो बन्दै जान्छ’ उनको विश्वास छ । उनको यात्रा ठिक त्यस्तै भइदियो । त्यसको प्रतिफल उनले पाउँदै गए । फेसन उद्योगमा प्रगति हुँदै गयो ।

यद्यपि सोनमले कुनै औपचारिक फेसन स्कुलमा गएर शिक्षा लिएका छैनन् । ‘लड्दै लड्दै सिकिन्छ’ भनेझैँ आफैँले अभ्यास गर्दै उनले यो क्षेत्रको धेरै ज्ञान हासिल गर्दै गए ।

सुरुमा उनले यो काम घरको एउटा कोठाबाट सुरु गरे ।  कोभिड कालमा बनाएका सामग्री साथीभाइलाई दिँदै उनले व्यापार विस्तार गरेका थिए ।

यदि उनीहरूले सोनमका ‘लोयल’ ग्राहक बन्दैनथे भने आज उनी यहाँसम्म नआइपुग्न सक्थे । त्यसकारण उनी आफूलाई त्यो समय विश्वास गर्ने ग्राहकप्रति विशेग आभार व्यक्त गर्छन् ।

आज उनी जहाँ छन्, त्यसको श्रेय उनै ग्राहकहरूलाई दिन्छन् ।

२०२१ मा उनले अलि ठूलो फड्को मारे । त्यसबेला उनी ‘आइडिया स्टुडियो सिजन फाइभ’ मा प्रतिस्पर्धा गरिरहेका थिए । एक्कासी उनलाई मिस युनिभर्स नेपालका लागि गाउन बनाउने अवसर मिल्यो ।

उनले त्यो अवसरलाई खेर जान दिएनन् । सक्दो मेहनत गरे । उनले बनाएको गाउनले नेपालमा एकदमै ठूलो चर्चा पायो । अनि फेसन उद्योगले समेत उनलाई नोटिस गर्न थाल्यो । कामहरूको प्रस्ताव आउन थाल्यो ।

सुरुका दिनमा उनले त्यस्तो हुन्छ भनेर कल्पना समेत गरेका थिएनन् । यसबाट नाम कमाउने वा चर्चित हुने त झन सोचेकै थिएनन् । उनको एउटै ध्याउन्न थियो- हरेक दिन, महिना वा वर्षमा आफ्नो कामलाई अघिल्लो भन्दा अझै राम्रो बनाउने । दिनको १८ देखि २० घण्टासम्म गरेको मेहनतको नतिजा उनले छोटो समयमै देखे ।

सुरुका दिनमा उनले त्यस्तो हुन्छ भनेर कल्पना समेत गरेका थिएनन् । यसबाट नाम कमाउने वा चर्चित हुने त झन सोचेकै थिएनन् । उनको एउटै ध्याउन्न थियो- हरेक दिन, महिना वा वर्षमा आफ्नो कामलाई अघिल्लो भन्दा अझै राम्रो बनाउने । दिनको १८ देखि २० घण्टासम्म गरेको मेहनतको नतिजा उनले छोटो समयमै देखे ।

उनको अर्को सफलताको महत्त्वपूर्ण पाटो भनेको अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कलाको प्रदर्शन हुनु हो । अहिलेसम्म उनले नेपालका सबै अन्तर्राष्ट्रिय पेजेन्ट्रीहरूसँग काम गरिसकेका छन् ।

हालै मात्र मिस कस्मो इन्टरनेसनल २०२५ भियतनाममा उनले डिजाइन गरेको राष्ट्रिय कस्ट्युम ‘टप १५’ भित्र पर्न सफल भयो । उनका अनुसार कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको राष्ट्रिय कस्ट्युम टप १५ भित्र परेको यो पहिलो अवसर हो।

त्यस कस्ट्युम बनाउन उनले गोरखा दरबारको काष्ठकला (आँखीझ्याल) बाट प्रेरणा लिएका थिए । नेपालको काष्ठकला अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नुपर्छ भनेर त्यो कस्ट्युम बनाएको उनी सुनाउँछन् ।

त्यससँगै उनले मिस युनिभर्स २०२३ की विजेता सेनिस पलासिओस (निकारागुवा) र मिस ग्लोब २०२४ (पेरु) का लागि पनि डिजाइनरको रूपमा काम गर्ने अवसर पाइसकेका छन् ।

आफ्नो रुचिलाई पछ्याउँदै यहाँसम्म आइपुगेका सोनमले इन्जिनियर बन्ने आफ्नो सपनालाई पनि पूरा गरे । केहीअघि सम्म पनि उनी अन्नपूर्ण अस्पताल र नेपाल सरकारसँग आबद्ध भएर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा इन्जिनियरका रूपमा पनि कार्यरत थिए । इन्जिनियर भएर काम गर्दा पनि उनले निकै प्रशंसा बटुले ।

तर पनि उनलाई आफ्नो रूचिले बढी तान्यो । फलतः उनले अहिले सरकारी जागिरबाट राजीनामा दिइसकेका छन् । त्यसयता भने उनी पूर्णरूपमा फेसन डिजाइनिङको यात्रामा छन् ।

अब जसरी हुन्छ सोनम नेपालको फेसन उद्योगलाई अझ माथि लैजाने सोचमा छन् । उनको अनुभवमा पाँच वर्षअघिको तुलनामा अहिले आर्थिक वृद्धि र आयका हिसाबले पनि फेसन उद्योग धेरै राम्रो भइसकेको छ ।

त्यसको गतिलो उदाहरण त उनी आफैं‍ पनि छन् । अहिले उनी आफैंले २० जनाभन्दा बढीलाई प्रत्यक्ष-अप्रत्यक्ष तरिकाले रोजगारी दिइरहेका छन् ।

अब अर्को वर्ष नै त्यो संख्यालाई उनी ५० जना पुर्‍याउन चाहन्छन् ।

यसरी कोभिड महामारीले बदलिदिएको जीवन यात्राको वहाबलाई उनले नयाँ उचाइमा पुर्‍याइसकेका छन् । रूचिको क्षेत्रमा केही गर्न पाउँदा खुसी पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?