+
+
Shares

मोरङमा खेतबारीबाट ९ सय किलो गाँजा बरामद

बरामद भएकाे गाँजाकाे ताैल ९ सय २१ किलो ६६ ग्राम रहेकाे प्रहरीले जनाएकाे छ । गाँजा कसले ल्याएर राखेको हो भन्ने नखुलेकाे प्रहरीले बताएकाे छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १२:३७

२५ मंसिर, विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट ९ सय किलो भन्दा बढी गाँजा बरामद गरेकाे छ ।

बुधबार राति रंगेली नगरपालिका–८ स्थित विद्युत् कार्यालय नजिकै खेतबाट ९ सय २१ किलाे गाँजा बरामद गरेकाे हाे ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार खेतमा रुखमुनि परालले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा बरामद भएकाे हाे । प्रहरीले बरामद गरेकाे गाँजा २९ वटा बोरामा राखिएकाे थियाे ।

बरामद भएकाे गाँजाकाे ताैल ९ सय २१ किलो ६६ ग्राम रहेकाे प्रहरीले जनाएकाे छ । गाँजा कसले ल्याएर राखेको हो भन्ने नखुलेकाे प्रहरीले बताएकाे छ ।

काेशी प्रदशकाे पहाडी जिल्लामा उत्पादन हुने गाँजा माेरङ सुनसरी हुँदै तस्करी हुँदै भारत पुग्ने गरेकाे छ । भारत लैजानकै लागि लुकाएकाे अवस्थामा गाँजा बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?