
News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियामा ६० वर्षीय मेदी यादवको घरबाट २७ पोका गाँजा बरामद गरिएको छ।
- बरामद गाँजाको कुल तौल ७१७.६ किलोग्राम रहेको सिरहा प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।
- बरामद गाँजा जिल्ला प्रहरी कार्यालय सिरहामा पठाइएको छ र फरार मेदी यादवको खोजी तथा थप अनुसन्धान भइरहेको छ।
२ साउन, जनकपुरधाम । सिरहाको सुखीपुर नगरपालिका–४ पोखरियामा ठूलो परिमाणमा लुकाइछिपाइ राखिएको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
आज बिहान ६ बजे गोप्य सूचनाको आधारमा ६० वर्षीय मेदी यादवको घरमा चेकजाँच गर्दा घरभित्र २६ र थप १ गरी २७ पोका गाँजा बरामद भएको छ । घरमुली यादव भने फरार छन् ।
बरामद भएको २७ पोका गाँजा तौल गर्दा कुल ७१७.६ किलोग्राम पुगेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको छ ।
फरार रहेका मेदी यादवको खोजीका कार्यसँगै थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
प्रतिक्रिया 4