+
+
Shares

उदयपुरबाट ७५० किलो गाँजासहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १२ गते ११:४७
फाइल तस्वीर ।

१२ पुस, काठमाडौं । उदयपुरबाट ठूलो परिणामको गाँजासहित दुई जना पक्राउ परेका छन् ।

चौदण्डीगढी नगरपालिकास्थित मदन भण्डारी सडकबाट ७५० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

को१ज ३४५६ नम्बरको जिपमा उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता केदारमान दोङले जानकारी दिए ।

गाँजासँगै प्रहरीले जिपचालक बेलटार नगरपालिका –६ का रवीन राइ र रामबहादुर राईलाई नियन्त्रणमा लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?