+
+
Shares

नाइजेरियामा अमेरिकाको घातक हमला

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ११ गते ९:१२

११ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) समूहविरूद्ध ‘शक्तिशाली र घातक हमला’ गरिएको बताएका छन् ।

सोसल मिडिया प्लेटफर्म ट्रुथमामार्फत् उनले उत्तर–पश्चिमी नाइजेरियामा चरमपन्थी संगठन आईएस समूहविरूद्ध ‘शक्तिशाली र घातक हमला’ गरिएको बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले आईएसलाई ‘आतंकी फोहोर’को संज्ञा दिँदै संगठनले मुख्य रूपमा निर्दोष इसाई धर्मावलम्बीहरूलाई निशाना बनाउने र विभत्स हत्या गर्ने गरेको आरोप लगाएका छन् ।

अमेरिकी सेनाले कयौं सटिक आक्रमण गरेको भने पनि ट्रम्पले आक्रमणसँग सम्बन्धित अन्य जानकारीहरू भने सार्वजनिक गरेका छैनन् ।

बीबीसीले भनेको छ, ‘अमेरिकाले कुन स्थानलाई निशाना बनायो र यो आक्रमण कहिले गरियो भन्ने बारे स्पष्ट छैन ।’

नोभेम्बरमा ट्रम्पले अमेरिकी सेनालाई नाइजेरियामा इस्लामी उग्रवादी समूहविरूद्ध कारबाहीको तयारी गर्न आदेश दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?