+
+
Shares

जेनजी विद्रोहको भाव समेट्दै मुकेश श्रेष्ठको ‘भैरवभाव’ प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार मुकेश श्रेष्ठको आठौँ एकल चित्रकला प्रदर्शनी \'भैरवभाव\' दरबारमार्गस्थित ग्यालरी १०८ मा सुरु भएको छ।

९ पुस, काठमाडौं । कलाकार मुकेश श्रेष्ठको आठौँ एकल चित्रकला प्रदर्शनी ‘भैरवभाव’ सुरु भएको छ । दरबारमार्गस्थित ग्यालरी १०८ मा उपत्यकाका विभिन्न स्थानमा स्थापित रक्षा र न्यायका देवता ‘भैरव’का विविध स्वरूपहरूलाई समेटेर यस प्रदर्शनी सुरु भएको हो ।

कलाकार श्रेष्ठका अनुसार यस ‘भैरव शृङ्खला’ को जन्म गत भदौ २३ र २४ गते सुशासनको माग गर्दै भएको जेनजी विद्रोहको पृष्ठभूमिमा भएको हो । भ्रष्टाचार विरोधी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको पीडा र युवा जमातले खोजेको न्यायपूर्ण व्यवस्थालाई उनले भैरवको स्वरूपसँग तुलना गरेका छन् । जुन यस प्रदर्शनीमा हेर्न सकिने छ ।

जेनजी विद्रोहपछि नेपाली युवाले चाहेको पारदर्शी र जवाफदेही व्यवस्थाका लागि समय (काल) अनुसार न्याय गर्ने देवता भैरव हुन् भन्ने अठोटका साथ यो शृङ्खलामा काम गरेको कलाकार श्रेष्ठको भनाइ छ ।

प्रदर्शनीमा कालभैरव, बाघभैरव, आकाशभैरव, उन्मत्तभैरव, बटुकभैरव, कीर्तिमुखभैरव र श्वेतभैरवका साथै उमामहेश्वरको चित्रकला समावेश छन् । प्रदर्शनी ३१ जनावरीसम्म हेर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?