+
+
Shares

राप्रपा र राप्रपा नेपालबीच एकता हुँदै, लिङ्देन र ‍थापाले आजै गर्दैछन् हस्ताक्षर

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज एकता हुने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच ९ पुस, काठमाडौँमा एकता हुने भएको छ।
  • दुवै अध्यक्षबीच सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

९ पुस, काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ । आज बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पार्टीबिच एकता गर्ने सहमति गरेको हो राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

‘दुई दलबीच एकता सहमति पत्रमा साँझ ७ बजेअघि हस्ताक्षर हुन्छ,’ उनले भने, ‘अहिले एकता गर्ने सहमति मात्रै भएको छ । पद बाँडफाँटको कुरा केही भएको छैन । कमल थापा कुनै पनि बार्गेनिङ नगरी एकताका लागि तयार हुनुभयो ।’

पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । ०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।

थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?