+
+
Shares

लिङ्देन-थापा एकता सभा पुस १६ गते

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन्।
  • दुई अध्यक्षबीच पुस ९ गते एकता सहमति पत्रमा हस्ताक्षर भएको हो।
  • पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ।

९ पुस, काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन् । दुई अध्यक्षबीच आज साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएको हो ।  पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ ।

दुई नेताबीचको बुधबारको छलफलले एकताको विषय टुंगो लगाएको थियो ।

पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए । ०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।

थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?