+
+
Shares

लिङ्देन-थापाले भने : परिस्थितिले फेरि एकठाउँमा आइयो

कमल थापाले समय र परिस्थितिले एकै ठाउँ आउने अवस्था बनेको भन्दै विगतका कमिकमजोरीबाट पाठ सिक्दै पार्टीलाई अघि बढाउने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबीच एकताको सहमति भएको छ।
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
  • एकता घोषणा सभा पौष १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाले जनाएको छ।

९ पुस, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल बीच एकताको सहमति भएको छ । बुधबार राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरे ।

दुई पार्टीबीच एकता घोषणा सभा भने पौष १६ गते राष्ट्रिय सभागृहमा हुने राप्रपाले जनाएको छ । एकताको सहमतिपत्रमा हस्ताक्षर गरेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले परिवर्तित सन्दर्भ र शुभेच्छुको सुझाव, दबाबलाई ध्यानमा राखेर विगतका कमी कमजोरी नदोहोरिने गरी एक हुने निर्णय गरेको बताए । उनले राष्ट्रवादी शक्तिहरूलाई एकतामा आउन आह्वान समेत गरे ।

त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले समय र परिस्थितिले एकै ठाँउ आउने अवस्था बनेको भन्दै विगतका कमिकमजोरीबाट पाठ सिक्दै पार्टीलाई अघि बढाउने बताए । उनले चुनावभन्दा अघि भ्रष्टाचार र कुशासनको अन्त्यका लागि उपयुक्त तयारी गर्न सकेमात्रै चुनावको अर्थ हुने उल्लेख गरे ।

चार वर्षअघि भएको महाधिवेशनमा राप्रपाको अध्यक्ष पदमा लिङ्देनसँग पराजित भएपछि थापाले पार्टी छाडेर राप्रपा नेपाल गठन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?