+
+
Shares

सरकारी टोलीसँग राप्रपाले भन्यो- राजासहित दल र जेनजीबीच नयाँ सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ९ गते १५:१०

९ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र गुरुङले निर्वाचनका लागि मात्रै निर्वाचन गराउनेतर्फ सरकार लाग्न नहुने बताएका छन्  ।

सरकारद्वारा गठित राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चाारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

फागुन २१ गते हुने निर्वाचनबारे सरकारको तयारी अझै पुग्न नसकेको बताउनु भयो । सरकार राजनीतिक दलका कार्यालयमा पुगेर निर्वाचन गराउने हेतुले राजनीतिक संस्कार देखाउनु राम्रो रहेको पनि बताए ।

साथै, राजासहित दल र जेनजीपुस्तासँग सम्झौता गरेर अघि बढ्न सरकारी टोलीसँग प्रस्ताव राखेको पनि उनले बताए ।

‘निर्वाचनले मुलुकको बेथिति र समस्यालाई समाधान गर्ने हुनुपर्छ । निर्वाचनका लागि मात्रै निर्वाचन हुनु हँदैन । अहिलेको चुनावी प्रक्रिया नै गलत छ । यसलाई सच्याउन राजासहितको राजनीतिक दल र जेनजी पुस्तासँग संवाद र सम्झौता गरेर अघि बढ्ने प्रश्ताव राखेका छौं,’ उनले भने ।

यसले परिस्थितिलाई सहज बनाउने र निर्वाचनको माहोललाई सुमधुर बनाउने काम गरेको उल्लेख गर्नुभयो । निर्वाचन मुलुकको बेथिति र समस्यालाई समाधान गर्ने हुनुपर्ने उनको भनाइ छ ।

‘फागुन २१ गते हुने निर्वाचनको सम्बन्धमा सरकारको तयारी, मुलुकको अवस्थाबारे जानकारी दिने उद्देश्यले आउनुभएको छ । उहाँहरूले राजनीतिक संस्कार देखाउनुभएको छ । यसले परिस्थितिलाई सहज बनाउने र निर्वाचनको माहोललाई सुमधुर बनाउने काम भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?