+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

मोदी र ट्रम्पबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते २०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन्।
  • मोदीले ट्रम्पसँगको कुराकानीलाई 'न्यानो र आत्मीय' भएको उल्लेख गरेका छन्।
  • दुवै नेताले द्विपक्षीय सम्बन्धको प्रगति र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अवस्थामाथि विचार–विमर्श गरेका छन्।

२५ मंसिर, काठमाडौं । जारी व्यापार तनावका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग टेलिफोन वार्ता गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै मोदीले ट्रम्पसँग टेलिफोन वार्ता गरेको जानकारी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पसँग निकै नै आत्मीय र सकारात्मक भएको मोदीले उल्लेख गरेका छन् ।

मोदि अनुसार टेलिफोन कुराकानीमा दुवै नेताले भारत–अमेरिका द्विपक्षीय सम्बन्धमा भइरहेको प्रगतिबारे समीक्षा गरेका छन् ।

साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय अवस्थामाथि पनि विचार–विमर्श भएको उनले बताएका छन् ।

मोदीले लेखेका छन् , ‘राष्ट्रपति ट्रम्पसँगको कुराकानी निकै न्यानो र आत्मीय रह्यो । हामीले हाम्रो द्विपक्षीय सम्बन्धमा भएको प्रगतिको समीक्षा गर्‍यौं र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटनाक्रमहरूबारे छलफल गर्‍यौं । भारत र अमेरिकाले विश्व शान्ति, स्थायित्व र समृद्धिका लागि मिलेर काम गर्न जारी राख्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?