फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार २१३ किलो गाँजा बरामद गरिएको छ।
- इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले मे.१ त ५७१४ नम्बरको ट्याक्टर छोडेर चालक फरार भएको जनाएको छ।
- प्रहरीले ट्याक्टर तलासी गर्दा २२ वटा प्लाष्टिकको पोकामा गाँजा फेला पारी बरामद गरेको र चालकको खोजी गरिरहेको छ।
२६ फागुन, काठमाडौं । प्रहरीले पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट सोमबार करिब २१३ किलो गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टर छोडी चालक फरार भएका थिए ।
प्रहरीले उक्त ट्याक्टर तलासी गर्दा २२ वटा प्लाष्टिकको पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गर्नाका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4