+
+
Shares

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २६ गते ११:०३

२६ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ । अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएपछि तेलको अन्तर्राष्ट्रिय मूल्यमा गिरावट देखापरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले मध्यपूर्वको तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर युद्ध चाँडै समाप्त हुने बताएका थिए । तर एक सातामै युद्ध समाप्त नहुने भनाइ सार्वजनिक भएको थियो ।

इरानलाई चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज स्ट्रेटमा तेल ढुवानीमा अवरोध गरे कडा कारबाही गरिने चेनावनी दिएका छन् । उनले ट्रुथ सोशलमार्फत् यस्तो चेनावनी दिएका हुन् ।

‘यदि, इरान स्ट्रेट अफ होर्मुजमा तेल ढुवानीमा अवरोध सिर्जना गरे अमेरिकाले उसमाथि अहिलेसम्म गरेको आक्रमणको २० गुणा बढी शक्तिशाली हमला गर्नेछ,’ ट्रम्पले लेखेका छन् ।

बीबीसीका अनुसार विश्वभर कुलमध्ये झण्डै २० प्रतिशत तेल यही समुद्री बाटो हुँदै ढुवानी हुने गर्दछ । इजरायल–इरान युद्धका कारण समुद्री बाटोको आवागमन धेरै कम भएको छ । जसका कारण विश्वभर तेलको मूल्यमा तीब्र बढोत्तरी देखिएको छ ।

‘यसबाहेक हामी इरानका ती लक्ष्यहरूलाई निशाना बनाउने छौं, जुन सहजै नष्ट गर्न सकियोस् । जसबाट इरानलाई फेरि एउटा देशका रूपमा खडा हुन लगभग असम्भव हुने छ,’  ट्रम्पले भनेका छन्, ‘उनीहरू माथि मृत्यु, आगो र ठूलो विनासको वर्षा हुने छ । तर, मलाई आशा छ र प्रार्थना गर्छु यस्तो नहोस् ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?