
६ साउन, रौतहट । रौतहटको गरुडामा प्रहरीले निजी कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
गरुडा नगरपालिका-५ मा रहेको झाँझ खोला नजिकै ग३च ६७९६ नम्बरको कारबाट प्रहरी १३ पोकामा रहेको १३३ किलो गाँजा बरामद गरेको हो ।
चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको कारलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न खोज्दा कार नरोकेर फरार भएको थियो ।
प्रहरीले गाडीलाई पछयाउँदै जाने क्रममा झाँझ खोला नजिक रहेको खरको घारीमा छोडेर चालक फरार भएका थिए । सडकभन्दा तल झण्डै २० फिट गहिरो खरको घारीमा गाडीलाई छोडेर सवार व्यक्तिहरू फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीले गाडीलाई क्रेनको सहायताले निकालेर त्यसमा रहेको गाँजा निकालेर नियन्त्रणमा लिइएको गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए ।
फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको डीएसपी कार्कीले बताए । गाडी छाडेर चालक फरार भए पनि सवारी चालक अनुमति पत्र र गाडीको कागजाता फेला परेको उनले बताए ।
प्रतिक्रिया 4