+

साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै

२०८२ मंसिर  २५ गते १३:३९ २०८२ मंसिर २५ गते १३:३९
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वात्सल्या साफ महिला क्लब च्याम्पियनसिपमा आज एपीएफ र इस्ट बंगालले आफ्नो दोस्रो खेल खेल्दैछन् ।
  • त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाल र कराची सिटी एफसीबीच दिउँसो २ बजे खेल हुनेछ ।
  • एपीएफले साँझ ६ बजे ट्रान्सपोर्ट युनाइटेड लेडिझ एफसीसँग खेल्नेछ।

काठमाडौं । वात्सल्या साफ महिला क्लब च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदैछ ।

उपाधिको दाबेदार रहेका नेपालको लिग च्याम्पियन एपीएफ र भारतको इस्ट बंगालले आज आफ्नो दोस्रो खेल खेल्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको च्याम्पियनसिपमा इस्ट बंगाल र पाकिस्तानको कराची सिटी एफसीबीच दिउँसो २ बजे खेल हुनेछ ।

यस्तै एपीएफले साँझ ६ बजे हुने खेलमा भुटानका ट्रान्सपोर्ट युनाइटेड लेडिझ एफसीसँग खेल्नेछ ।

च्याम्पियनसिपमा एपीएफ र इस्ट बंगालले आफ्नो पहिलो खेलमा फराकिलो जित हात पार्दै समान ३ अंक जोडेका छन् ।

उपाधिको दाबेदार रहेको यी दुई क्लब लगातार जित निकाल्दै फाइनल नजिक पुग्ने लक्ष्यमा छ  ।

एपीएफ पहिलो खेलमा बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमीलाई ४–० ले पराजित गरेको थियो । यस्तै इस्ट बंगालले ट्रान्सपोर्ट युनाइटेडलाई पनि ४-० ले पराजित गरेको थियो ।

दक्षिण एसियाका पाच राष्ट्रको च्याम्पियन क्लबहरु सहभागि यस प्रतियोगिता एपिएफ र इस्ट बंगलापछि रहेको पाकिस्तानको कराचीको दुई बराबरीबाट २ अंक छ । यस्तै ट्रान्सपोर्ट युनाइटेड र नसरिन स्पोर्टसको १–१ अंक छन् ।

सिंगल राउण्ड रोबिन लिगका आधारमा भइरहेको प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष दुई स्थानमा रहने टोली फाइनल पुग्नेछन् ।

 

साफ महिला क्लब च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय