+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

शिवपुरीमा हराएका ३ जनाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १३:४२

२५ मंसिर, काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ ।

निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र १ पुरुष गरी तीन जनाको उद्धार गरिएको नेपाली सेनाले बताएको छ ।

पानीमुहानबाट शिवपुरी हाइटतर्फ जाने क्रममा बाटो बिराए उनीहरू हराएको सेनाले जनाएको छ ।

नेपाली सेनाको चन्दननाथ गणसहित निकुञ्ज प्रशासन र नेपाल प्रहरीसहितको टोलीले उनीहरूको उद्दार गरेको हो ।

उनीहरूलाई मध्यराति शिवपुरी पिक इलाकामा फेला पारी प्रहरीलाई बुझाइएको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?