+
+
Shares

भिरबाट त्रिशूली नदीमा खसेका व्यक्तिको सशस्त्र प्रहरीबाट उद्धार

शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका ५१ वर्षीय दीपक तिवारीको बुधबार उद्धार गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १९:५९
Listen News
0:00
0:30
🔊
२४ मंसिर, काठमाडौं । गोरखामा भिरबाट त्रिशूली नदीमा खसेका एक व्यक्तिको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
शहीद लखन गाउँपालिका–४ राईनासस्थित भिरबाट त्रिशूली नदीमा खसेका ५१ वर्षीय दीपक तिवारीको बुधबार उद्धार गरेको हो ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार तिवारी करिब ५० मिटर उचाइको भिरबाट त्रिशूली नदीमा खसेका थिए ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा  सञ्चालन भइरहेको विपद् व्यवस्थापन तालिम प्रशिक्षार्थीहरूले रिभर रन अभ्यासको क्रममा तिवारी नदीमा खसेको देखेका थिए ।
तिवारी नदीमा खसेको देख्नसाथ सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमान्डमा खटिएको गोताखोर सतिको टोलीले नदीभित्रबाट उनलाई बेहोस अवस्थामा उद्धार गरेको थापाले बताए ।
उनलाई उपचारका लागि सशस्त्र प्रहरी बल नेपाल ट्रमा सेन्टर कुरिनटारमा ल्याई आवश्यक उपचार पश्चात डिस्चार्ज गरिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?