+
+
Shares

भारत हुँदै खाडी मुलुक पठाउन लागिएका ४० नेपाली महिलाको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते २२:३६

२१ साउन, काठमाडौं । भारतको बाटो भएर तेस्रो मुलुक लैजान लागिएका ४० जना नेपाली महिलाको उद्धार गरिएको छ ।

गैर कानुनी तरिकाले भारत हुँदै तेस्रो मुलुक लैजान लागिएका महिलाहरुको उद्धार गरी बुधबार नेपाल फर्काइएको दिल्लीस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी मुलुक लैजान लागिएको थियो ।

तर, भारतीय प्रहरीसँगको सहयोगमा उनीहरुलाई विभिन्न ठाउँबाट उद्धार गरी नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?