News Summary
Generated by OK AI. Editorially reviewed.- भियतनामको हो चि मिन्ह सहरमा दोस्रो संस्करणको 'मिस कोस्मो' सौन्दर्य प्रतियोगिता भैरहेको छ।
- नेपालकी दीपशिखा नेपालले पहिलोपटक 'मिस कोस्मो' मा मुलुकको प्रतिनिधित्व गरिरहेकी छिन्।
- नेपालको नेसनल कस्ट्युम 'बेस्ट कार्निभल' प्रतिस्पर्धामा टप १५ मा परेको छ।
काठमाडौं । भियतनामको हो चि मिन्ह सहरमा सातायता सौन्दर्य प्रतियोगिता ‘मिस कोस्मो’ भैरहेको छ । प्रतियोगिताअन्तर्गत विभिन्न विधामा सुन्दरीले प्रतिस्पर्धा गरिरहेका छन् ।
‘मिस नेपाल कोस्मो’ दीपशिखा नेपालले मुलुकको प्रतिनिधित्व गरिरहेकी छिन् । दुईवर्षदेखि सुरु भएको ‘मिस कोस्मो’ को यो दोस्रो संस्करण हो भने नेपालको सहभागिता पहिलोपटक हो ।
‘राइजिङ ड्रयागन’ थिममा आयोजित प्रतियोगिताअन्तर्गत आइतबार ‘बेस्ट कार्निभल’ अर्थात कस्ट्युम प्रतिस्पर्धा आयोजना भयो । जुन विधामा नेपाल टप १५ भित्र समावेश भएको छ ।
‘उत्कृष्ट १५ मा पर्नु पनि नेपालको लागि राम्रै सम्मान हो । अहिलेसम्म नेपाली ब्युटी पेजेन्टको इतिहासमा नेपाल नेसनल कस्ट्युमको टप १५ मा परेको मलाई थाहा छैन’ द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले भने ।
गोरखाको सम्पदा र विरासतबाट प्रभावित भएर फेसन डिजाइनर सोनम सुब्बाले पहिरन डिजाइन गरेकी हुन् । गोरखा दरबारको आँखी झ्यालबाट प्रेरणा लिएर आफूले कस्ट्युम डिजाइन गरेको उनले बताएकी छन् ।
२० डिसेम्बरमा ग्रान्ड फिनाले हुनेछ ।





प्रतिक्रिया 4