+
+
Shares

मिस नेपाल आयोजकले सम्झौता गरेको ‘मिस कोस्मो’ कस्तो पेजेन्ट हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १२:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले पहिलोपटक ‘मिस कोस्मो’सँग औपचारिक साझेदारी गरेको छ र यसले मिस युनिभर्स र मिस वर्ल्डजस्ता प्रतियोगितालाई उछिएको छ।
  • भियतनामको ‘मिस कोस्मो’ प्रतियोगिता सन् २०२३ मा स्थापना भएको हो र यसले सौन्दर्य, बुद्धिमत्ता, नेतृत्व र सामाजिक उत्तरदायित्वलाई जोड दिन्छ।
  • सन् २०२४ को ‘मिस कोस्मो’ को पहिलो संस्करण अक्टोबर ५ मा हो ची मिन्ह सिटीमा आयोजना भएको थियो, जसमा ५६ भन्दा बढी सहभागी थिए।

काठमाडौं । स्थापनाको एक वर्षमै अहिले भियतनामको सौन्दर्य प्रतियोगिता ‘मिस कोस्मो’को विश्वब्यापी चर्चा छ । छोटो समयमै यसले मिस युनिभर्स र मिस वर्ल्डजस्ता प्रतिष्ठित र परम्परागत ब्युटी पेजेन्टलाई पनि उछिनेको छ ।

यस्तोमा, नेपालले पहिलोपटक ‘मिस कोस्मो’सँग औपचारिक साझेदारी गरेको छ । ‘मिस नेपाल’ आयोजक द हिडन ट्रेजरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा यसको औपचारिक घोषणा गरेको थियो ।

मिस वर्ल्ड, मिस इन्टरन्यासनल, मिस अर्थ र मिस कोस्मो गरि अब ४ प्रतिस्पर्धामा मिस नेपाल आयोजना हुनेछ । यीमध्ये ‘मिस कोस्मो’ पछिल्लो र नयाँ उपाधि हो, जसको पहिलो संस्करण गतवर्ष आयोजना भैसकेको छ ।

नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको ‘मिस कोस्मो’ यतिबेला भव्यता र चर्चाको हिसाबले अगाडि छ । यो पेजेन्टबारे धेरैजनाले चासो पनि राखेका छन् । भियतनाम आफैमा एसियाको ब्युटी पेजेन्ट ‘पावर हाउस’ हो, यस्तोमा यो पेजेन्टबारे यहाँ संक्षिप्त चर्चा गरिन्छ ।

युनि मिडिया र युनिकर्प नामक संस्थाले सन् २०२३ मा भियतनामको हो चि मिन्ह सहरमा यो पेजेन्टको स्थापना गरेका हुन् । ‘प्रभावकारी सौन्दर्य’ नारा बोकेको यो नयाँ अन्तर्राष्ट्रिय प्रतियोगिता महोत्सवले सुन्दरता, बुद्धिमत्ता, नेतृत्व र सामाजिक उत्तरदायित्वलाई संयोजन गर्ने महिलाहरूको उत्सव मनाउँछ ।

परम्परागत प्रतियोगिताभन्दा भिन्न यसले सांस्कृतिक आदानप्रदान, वकालत र सामुदायिक सेवालाई जोड दिन्छ । सहभागीले भियतनाममा परोपकारी कार्यक्रम, वातावरणीय पहल र सांस्कृतिक उत्सवमा भाग लिन्छन् ।

पहिलो संस्करण अक्टोबर ५, २०२४ मा हो ची मिन्ह सिटीको साइगन रिभरसाइड पार्कमा आयोजित भयो, जसमा ५६ भन्दा बढी सहभागी थिए । विजेताले १ लाख अमेरिकी डलर नगद, कार, क्राउन, अपार्टमेन्ट बसाइ, उडान जस्ता विलासी उपहारहरू प्राप्त गरे ।

इन्डोनेसियाकी केतुत परमाटा जुलियास्ट्रिडले ‘मिस कोस्मो २०२४’ को ताज पहिरिइन् । थाइल्यान्डकी कर्नरुएथाइ तस्साबुत फस्ट रनरअप भए । दोस्रो संस्करण अर्थात सन् २०२५ को प्रतियोगिता डिसेम्बरमा भियतनाममा आयोजना हुने तालिका छ, जहाँ इन्डोनेसियाकी केतुत पर्माटा जुलियास्ट्रिडले आफ्नो उत्तराधिकारीलाई ताज पहिराइदिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?