+
+
Shares

एनसेलको २५० नयाँ टावर विस्तार, फोरजी नेटवर्कमा थप सुधार

एनसेलका अनुसार सातै प्रदेशका विभिन्न स्थानीय तहमा नयाँ टावर स्थापना गरी सञ्चालनमा ल्याइएको छ भने विशेषगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहल अघि बढाइएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १८ गते १८:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले सन् २०२५ मा देशभरि २५० नयाँ फोरजी टावर जडान गरी सेवा विस्तार गरेको छ।
  • २ हजार २ सय टावरमा क्षमता अभिवृद्धि गरी ग्राहकलाई उच्च गतिको डेटा र स्पष्ट भ्वाइस सेवा उपलब्ध गराइएको छ।
  • मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा विशेष रूपमा नयाँ टावर स्थापना गरिएको छ र ग्राहकले डिजिटल पहुँचमा फाइदा लिएका छन्।

पुस १८, काठमाडौं । एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधार गर्न सन् २०२५ मा देशभरि २ सय ५०  नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको छ ।

त्यस्तै २ हजार २ सय टावरमा क्षमता अभिवृद्धि गरको छ, जसबाट  ग्राहकले अझ स्पष्ट सुनिने भ्वाइस सेवा र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

विश्वसनीय कनेक्टिभिटी सेवामात्र नभई सुरक्षा, शिक्षा, व्यवसाय तथा आफन्तजनसँग सधैं सम्पर्कमा रहन अत्यावश्यक बन्दै गएका बेला यो फोरजी नेटवर्क सुदृढीकरण र सेवा विस्तार गरिएको एनसेलको भनाइ छ ।

कम्पनीका अनुसार सातै प्रदेशका विभिन्न स्थानीय तहमा नयाँ टावर स्थापना गरी सञ्चालनमा ल्याइएको छ भने विषेशगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहल अघि बढाइएको थियो ।

प्रदेशगत हेर्दा एनसेलले कर्णाली प्रदेशका दैलेख सभापोखरी, रुकुम पश्चिम पुर्तिमकाँडा र सल्यान बागचौर लगायत स्थानीय तहमा टावर स्थापना गर्दै फोरजी सेवा दिएको छ ।

सुदूरपश्चिम प्रदेशका डोटी लडागडा, कैलाली बनजरिया र कञ्चनपुर सरस्वती टोल लगायत अन्य ठाउँमा पनि टावर स्थापना गरिएका छन् । यसैगरी मधेश सिरहा हनुमाननगर, सप्तरीे भीमपुर र धनुषा मुसहरनिया लगायत स्थानमा नयाँ टावर सञ्चालनमा आएपछि उच्च गुणस्तरको भ्वाइस र मोबाइल ब्रोडब्यान्ड सेवाबाट स्थानीय लाभान्वित भएको एनसेलले जनाएको छ ।

‘अहिले त घरभित्रै पनि धेरै राम्रो नेट टिप्छ, पहिलाभन्दा धेरै नै राम्रो भयो,’ जनकपुर उपमहानगरपालिका–१७ मनहरपुरकी अनिशा मण्डलले भनिन् ।

बीबीए अध्ययनरत उनी नयाँ टावर सञ्चालनबाट लाभ लिने देशभरिका हजारौं ग्राहकमध्ये एक हुन् । ‘मलाई पढ्न पनि मोबाइल र नेटको धेरै आवश्यकता हुन्छ, कलेजका नोटिस अनलाइनमा हेर्न, नोट एक्स्चेन्ज गर्न, नबुझेको कुरा युट्युब, च्याटजीपीटीमा सिक्न नेट नभई हुन्न,’ उनले भनिन्, ‘फेरि, दाइहरू विदेशमा हुनुहुन्छ उहाँहरूसँग पनि रेगुलर कुरा गर्नपर्छ ।’

कुल २ सय ५० टावरमध्ये १ सय ९७ टावर पछिल्लो साढे दुई महिनामा स्थापना गरिएका हुन् भने स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोग मार्फत ५३ नयाँ टावर सञ्चालनमा ल्याइएका हुन् । लामो समयसम्म रोकिएको सहजीकरण नेपाल दूरसञ्चार प्राधिकरणले सहज बनाएसँगै कम्पनीले नयाँ टावर स्थापनाको कामलाई तीव्र रूपमा अगाडि बढाएको थियो ।

‘देशभरि थपिएका हाम्रा यी नयाँ टावर र क्षमता अभिवृद्धि गरिएका साइटले सम्बन्धित प्रदेशका स्थानीय तह र ठाउँमा ग्राहकलाई मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँच अझ व्यापक बनाएको छ, यसले फोरजी कनेक्टिभिटीको महत्त्व अझ बढाएको छ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले भने ।

दत्तका अनुसार यो नेटवर्क सुधार र विस्तार अझै राम्रो कनेक्टिभिटीमा पहुँच सुनिश्चित गराउने कदम हो जसले आधारभूत सञ्चार, व्यवसाय, अध्ययन र एनसेलमाथि भरोसा गरेर सधैं सम्पर्कमा रहन चाहने हरेक ग्राहकलाई ठूलो महत्त्व राख्दछ ।

‘गुणस्तरीय सेवा र उच्च गतिको डेटा केवल गतिमात्रको कुरा होइन, यो भरोसा, अवसर र डिजिटल दुनियाँमा पहुँचको विषय हो,’ उनले भने ।

एनसेलका अनुसार संख्याका दृष्टिले मधेशमा १ सयभन्दा बढी नयाँ टावरहरू स्थापना गरिएका छन्, त्यसपछि लुम्बिनीमा ४० भन्दा बढी र कोशीमा ३५ भन्दा बढी टावर स्थापना भएका छन् ।

यसैगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि थप टावर स्थापना गरिएका छन् । नयाँ उपकरण आयातमा प्रतिबन्ध लागेका बेला पनि एनसेलले आफ्नो फोरजी सुधार र विस्तार कार्य जारी राख्दै स्टक र स्पेयर उपकरण प्रयोग गरी ५३ नयाँ टावर स्थापना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?