News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले मंसिर २२ देखि नयाँ नम्बर रेन्ज ९७१ बाट मोबाइल सिमकार्ड उपलब्ध गराउन थालेको छ।
- नेपाल दूरसञ्चार प्राधिकरणले जेठमा एनसेललाई नयाँ नम्बर रेन्ज वितरण अनुमति दिएको थियो।
- नयाँ नम्बर रेन्ज राष्ट्रिय नम्बरिङ वितरण योजनाअनुसार जारी गरिएको कम्पनीले जनाएको छ।
मंसिर २२, काठमाडौं । एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि सोमबार (मंसिर २२)बाट नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बरको सिमकार्ड उपलब्ध गराउन थालेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो रेन्जका नम्बर वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो ।
यो नयाँ रेञ्जका नम्बर प्राधिकरणको राष्ट्रिय नम्बरिङ वितरण योजना (नेसनल नम्बरिङ अलोकेसन प्लान)को नियम अनुरुप जारी भएको हो । प्राधिकरणद्वारा यसअघि जारी नम्बर रेन्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवा अपुग भएकोले नयाँ नम्बर रेञ्ज प्रदान गरिएको कम्पनीले जनाएको छ ।
‘बजारको अवस्थालाई ध्यानमा राखी नयाँ नम्बर रेञ्जको अनुमति प्रदान गरेकोमा हामी प्राधिकरणप्रति आभारी छौं’, एनसेलका चिफ कन्जुमर विजनेस अफिसर उपङग् दत्तले भने ।
प्रतिक्रिया 4