News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग सिजन २ का प्रत्येक चौकामा ग्रामीण र दुर्गम क्षेत्रका विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ।
- गत वर्ष एनपीएलमा ६ सय ५३ चौका हानिएपछि २ हजार ६ सय १२ विद्यार्थीले शैक्षिक सामग्री पाएका थिए, यस वर्ष पनि साझेदारी निरन्तरता दिएको छ।
- एनसेलले स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर र कटर जस्ता सामग्री क्यान, स्थानीय निकाय र साझेदारसँग मिलेर वितरण गर्नेछ।
३० कात्तिक, काठमाडौं । एनसेल फाउन्डेसनले यस वर्ष पनि आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का खेलहरूमा हानिने प्रत्येक चौकाबापत ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ४ वटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको छ ।
गत वर्ष एनपीएलसँगको साझेदारी अन्तर्गत २ हजार ६ सय १२ विद्यार्थी लाभान्वित भएकाले यस वर्ष पनि एनसेल फाउन्डेसनले यो साझेदारीलाई निरन्तरता दिएको हो ।
गत वर्ष एनपीएलका खेलमा कुल ६ सय ५३ चौका हानिएका थिए । क्रिकेटको रोमाञ्चकता शिक्षासँग जोडिएको यो कार्यक्रमका २ हजार ६ सय ि१२ सहित एनसेलले देशभरिका ९ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिसकेको छ ।
क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवर्द्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरको ढोका खोल्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।
विद्यार्थीले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्री जस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटर लगायत सामान समावेश हुन्छन् । यसले स्रोत अभाव घटाउन सहयोग गर्ने छ र विद्यार्थीको पठनपाठनमा योगदान गर्ने छ ।
‘क्रिकेटले हामी सबैलाई जोडेको छ, एनपीएलसँगको यस सहकार्य मार्फत सामुदायिक विद्यालयका विद्यार्थीको उज्यालो भविष्यका लागि यो पहललाई अझै अगाडि बढाउन पाएकोमा हामी धेरै खुसी छौ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखालक्ष्मी खड्काले भनिन्, ‘खेलमा प्रहार हुने प्रत्येक चौका विद्यार्थीले भविष्यमा प्राप्त गर्ने अवसर, सिकाइ र हुर्काइसँग जोडिनेछन् ।’
एनसेलका अनुसार फाउन्डेसनले प्रदान गर्ने शैक्षिक सामग्री नेपाल क्रिकेट संघ (क्यान), स्थानीय निकाय र कार्यान्वयन साझेदार लगायतको सहकार्यमा प्रदान गरिने छ । यो पहलले क्रिकेट मैदानको उत्साह र खेलाडीका उत्कृष्ट प्रदर्शन मार्फत विद्यालयका कक्षाकोठासम्म पुगी पठनपाठनमा सुधार ल्याउन योगदान पुर्याउने विश्वास लिइएको छ ।
प्रतिक्रिया 4