+

विराटनगरलाई हराएपछि लुम्बिनीको प्लेअफ सम्भावना कायम

२०८२ मंसिर  १७ गते १९:२९ २०८२ मंसिर १७ गते १९:२९

६ खेलबाट ६ अंक जोडेको लुम्बिनी चौथो स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल जनकपुर बोल्ट्ससँग शुक्रबार खेल्नेछ । उक्त खेल जित्दै अन्य खेलको नितजा आफू अनुकुल आएमा लुम्बिनी प्लेअफ पुग्नेछ ।

विराटनगरलाई हराएपछि लुम्बिनीको प्लेअफ सम्भावना कायम

१७ मंसिर, काठमाडौं । अष्ट्रेलियन डार्शी सर्टले पहिलो अर्धशतक प्रहार गरेपछि लुम्बिनी लायन्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार विराटनगर किंग्सलाई पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ ।

विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

लुम्बिनीले ६ खेलमा तेस्रो जित निकालेको हो । ६ खेलबाट ६ अंक जोडेको लुम्बिनी चौथो स्थानमा उक्लेको छ । लुम्बिनीले अब लिगको अन्तिम खेल जनकपुर बोल्ट्ससँग शुक्रबार खेल्नेछ । उक्त खेल जित्दै अन्य खेलको नितजा आफू अनुकुल आएमा लुम्बिनी प्लेअफ पुग्नेछ ।

अर्कोतर्फ विराटनगरले भने ६ खेलमा दोस्रो हार व्यहोरेको छ । ६ खेलबाट ८ अंक रहेको विराटनगर तेस्रो स्थानमा छ । तर, विराटनगरले लिगमा आफ्नो अन्तिम खेल आउने शनिवार प्लेअफ पुगिसकेको सुदूरपश्चिम रोयल्सँग खेल्नेछ । त्यसअघि हुने अन्य खेलको नतिजापछि विराटनगरलाई प्लेअफ पुग्न कस्तो नतिजा चाहिन्छ थाहा हुनेछ ।

लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ५७ रन बनाए । उनले ४४ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे ।

यस्तै विकेटकिपर निरोशन डिकवेलाले अविजित २९ रन योगदान गरे । सन्दीप जोराले २४ र दिलीप नाथले १६ रन जोडे । सुमित महर्जनले १० रन जोडे ।

सर्टले पहिलो विकेटका लागि सुमित महर्जनसँग २९ रनको साझेदारी गरे । त्यसपछि आएका कप्तान रोहित पौडेल खाता नखोली आउट भए । त्यसपछि सर्टले सन्दीप जोरासँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे ।

सर्टले १४औं ओभरमा आउट हुनुअघि निरोशन डिकवेलासँग ४६ रनको साझेदारी गरे । सर्ट आउट भएपछि डिकवेलाले लुम्बिनीलाई जितसम्म पुर्‍याएका हुन् ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओरभमा २० रन खर्चेर २ विकेट लिए । सुभाष भण्डारीले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

विराटनगरका लागि वान डाउनमा ब्याटिङ गरेबका लोकेश बमले ४२ बल खेल्दै ३५ रन जोडे । यस्तै बसिर अहमदले १९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २८ रन योगदान गरे ।

साम हिजलेटले २० बलमा २७ रन बनाए । यसै खेलबाट एनपीएलमा डेब्यु गर्दै ओपनिङ गरेका दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसी ९ बलमा १२ रन बनाएर आउट भए । प्रतिश जिसीले ११ रन जोडे ।

बलिङमा लुम्बिनी लायन्सका शेर मल्लले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । जेजे स्मिथ, अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले १-१ विकेट लिए ।

एनपीएल नेपाली क्रिकेट लुम्बिनी लायन्स विराटनगर किंग्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय