News Summary
Generated by OK AI. Editorially reviewed.- म्यान्चेस्टर सिटीका एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिगमा १११ खेलमै १०० गोल पूरा गरेका छन्।
- हालान्डले फुलहमविरुद्धको खेलमा गोल गर्दै यो कीर्तिमान बनाएका हुन् र सिजनमा १५ गोलसहित शीर्ष स्कोरर बनेका छन्।
- उनले सन् २०२२ अगस्टमा प्रिमियर लिग डेब्यू गरेका थिए र लगातार दुई सिजन गोल्डेन बुट जितेका छन्।
१७ मंसिर, काठमाडौं । म्यान्चेस्टर सिटीका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा १०० गोल पूरा गरेका छन् । गएराति फुलहमविरुद्ध सिटीको ५-४ को जितमा गोल गरेका हालान्डले कीर्तिमानी १०० गोल पूरा गरेका हुन् ।
उनले यो उपलब्धि केवल १११ खेलमै पूरा गरे, जुन इतिहासमै सबैभन्दा छिटो हो । यसअघि एलन शियररले १२४ खेल र ह्यारी केनले १४१ खेलमा १०० गोल गरेका थिए । हालान्डले १११ खेलमै १०० गोल पूरा गरेका हुन् ।
हालान्डले सन् २०२२ अगस्टमा वेस्ट ह्यामविरुद्ध दुई गोल गर्दै प्रिमियर लिगमा डेब्यू गरेका थिए । त्यसयता उनले निरन्तरजसो गोल गर्दै आएका छन् । २०२२/२३ मा ३६ र २०२३/२४ मा २७ गोल गर्दै लगातार दुई सिजन गोल्डेन बुट जितेका छन् ।
फुलहम पनि हालान्डका ‘मनपर्ने’ विपक्षीमध्ये एक बनेको छ । उनले फुलहमविरुद्ध सात गोल गरिसकेका छन् । वुल्भ्सविरुद्ध १०, वेस्ट ह्यामविरुद्ध ९ र म्यान्चेस्टर युनाइटेडविरुद्ध ८ गोल छन् ।
यस सिजन पनि हालान्ड १५ गोलसहित शीर्ष स्कोरर बनेका छन् । क्लब र देशका सबै प्रतियोगिता मिलाएर उनले २३ खेलमा ३२ गोल गरिसकेका छन् ।
यसअघि सेप्टेम्बरमा उनी च्याम्पियन्स लिगका ५० गोल पुर्याउने सबैभन्दा छिटो खेलाडी पनि बनेका थिए ।
प्रतिक्रिया 4