१७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्दैछ । लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
विराटनगर ५ खेलमा ४ जितसहित ८ अंक जोडेर प्लेअफको नजिक छ । आजको खेल जितेमा विराटनगरको प्लेअफ पक्का हुनेछ ।
विराटनगरको टोलीमा स्टार ब्याटर फाफ डुप्लेसी समावेश भइसकेका छन् । विराटनगरले शेहान जयसूर्याको स्थानमा फाफ डुप्लेसीलाई ल्याएको छ । यसले विराटनगरको टप अर्डर थप मजबुत बनाएको छ ।
लुम्बिनी लायन्सले एक परिवर्तन गरेको छ । आईएल टी-२० खेल्न दुबई फर्किएका गुल्बादिन नाइबको स्थानमा जेजे स्मिथ खेलेका छन् ।
लुम्बिनीले भने ५ खेलमा २ जितसहित ४ अंक जोडेको छ । अब बाँकी २ वटै खेल जित्नुपर्ने दबाब छ । आजको खेलमा पराजित भएमा प्लेअफको झिनो सम्भावना मात्र कायम रहनेछ ।
प्रतिक्रिया 4