News Summary
Generated by OK AI. Editorially reviewed.- इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी टेरा ड्रोनको कार्यालयमा आगलागी हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ।
- आगलागी ब्याट्रीमा विस्फोट भएर सुरु भएको र २० जना पीडित उद्धार गरिएको प्रहरीले जनाएको छ।
- अधिकारीहरूले मृतक संख्या पुष्टि गर्न र आगलागीको कारण निर्धारण गर्न खोज र उद्धार कार्य जारी राखेको जनाएका छन्।
२३ मंसिर, जकार्ता । इन्डोनेसियाको सेन्ट्रल जकार्ताको ड्रोन कम्पनी ‘टेरा ड्रोन’ को कार्यालय भवनमा मङ्गलबार आगलागी हुदाँ कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय मिडियाले जनाएका छन् ।
एएफपी समाचार एजेन्सिले ड्रोन कम्पनीको भवनमा ब्याट्रीमा विस्फोट भएर आगलागीमा हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रहरीलाई उदृत गर्दै जनाएको छ । अहिले सम्म पुरुष र १५ जना महिला गरी २० जना पीडितलाई उद्धार गरिएको छ ।
भवनमा लागेको आगो द्रुत गतिमा फैलिए पछि सबै १८ जना पीडितहरू भवन भित्र फसेर मृत फेला परेका जाइएको छ । गम्भीर रूपमा जलेको अवस्थामा उनीहरूको शवलाई झोलामा राखेर थप पहिचानका लागि एम्बुलेन्सद्वारा पूर्वी जकार्ताको प्रहरी अस्पतालमा लगिएको थियो ।
सहरका अग्निशामक टोलीहरूले विषेश निगरानीका साथ भवनमा खोजी कार्य जारी राखेको जनाइएको छ ।
उद्धारकर्मीहरूले आगलागी पछि भवनको माथिल्लो तलामा फसेका जिवित मानिसहरूलाई सिँढीको माध्यामबाट उद्धार गरिएको जनाइएको छ भने आगो नियन्त्रणमा ल्याउन दर्जनौँ कर्मचारी र फायर इन्जिनहरू तैनाथ गरिएको थियो ।
थप पीडितहरू अझै पनि भवन भित्र रहेको आशंका गरिएको स्थानीय मिडियाले जनाएका छन् ।
अधिकारीहरूले मृतकको सङ्ख्या पुष्टि गर्न तथा आगलागीको कारण निर्धारण गर्न खोज र उद्धार कार्य जारी राखेको जनाइएको छ ।
आगलागी हुँदा भवन भित्र कति जना थिए भन्ने विवरण अधिकारीहरूले अझै दिएका छैनन् ।
प्रतिक्रिया 4