+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

उत्तरी गोरखाको रिबम गुम्वाको छात्रावासमा आगलागी

‘करिव ५० वटा कोठे चार तले भवन रहेछ,’ डिएसपी राजकुमार श्रेष्ठले भने, ‘सबै जलेर नष्ट भएको छ ।’ उक्त भवनमा लामा पढाउने गुरुसहित करिव ६० जना बालबालिका बस्ने गरेको उनले जानकारी दिए।

रासस रासस
२०८२ मंसिर २१ गते २१:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखाको चुमनुव्री गाउँपालिका–२ ल्होस्थित रिबम बौद्ध गुम्वाको छात्रावासमा आइतवार दिउँसो आगलागी हुँदा चार तले भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ।
  • आगलागीबाट करिव ६० जना बालबालिका बस्ने छात्रावासमा लत्ता कपडा, भाडावर्तन र प्राथमिक उपचारका औषधी जलेर नष्ट भएका छन्।
  • प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि आगलागीको कारण अझै खुल्न सकेको छैन र थप अनुसन्धान भइरहेको छ।

२१ मंसिर, गोरखा। चुमनुव्री गाउँपालिका–२ ल्हो स्थित रिबम बौद्ध गुम्वाको छात्रावासमा आगलागी भएको छ। आइतवार दिउँसो भएको आगलागीबाट भवन पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘करिव ५० वटा कोठे चार तले भवन रहेछ,’ डिएसपी राजकुमार श्रेष्ठले भने, ‘सबै जलेर नष्ट भएको छ ।’ उक्त भवनमा लामा पढाउने गुरुसहित करिव ६० जना बालबालिका बस्ने गरेको उनले जानकारी दिए।

आगलागीबारे स्थानीयले खवर गरेपछि प्रहरी टोलि घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीको कारण भने खुल्न नसकेको बताइएको छ।

‘बिद्युत सर्ट भएर आगो लागेको भन्ने अनुमान पनि छ, तर एकीन कारण खुल्न सकेको छैन,’ एसपी भरतबहादुर बिकले भने। आगलागीबाट भवनभित्र रहेको लत्ता कपडा, भाडावर्तन, प्राथमिक उपचारका औषधी जलेर नष्ट भएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?