+
+
Shares

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलले नोभेम्बर ११ मा २ सय रुपैयाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने ११ ग्राहकलाई ११ दिनको ११ जीबी डेटा निःशुल्क दिने क्याम्पेन सञ्चालन गरेको छ।
  • यो क्याम्पेनले प्रिपेड ग्राहकलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११ : ११ ट्रेन्डसँग मेल खाने अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।
  • एनसेल एपमार्फत ग्राहकले भ्वाइस, डेटा प्याक खरिद, अनलाइन रिचार्ज, मासिक बिल हेर्न, सेवा सक्रिय गर्न र गेम खेल्न सक्ने सुविधा पाउने कम्पनीले जनाएको छ।

२४ कात्तिक, काठमाडौं । एनसेलले आकर्षक ‘११ : ११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको छ ।

जसअन्तर्गत भोलि नोभेम्बर ११ को दिन एनसेल एपमार्फत् २ सय रुपैयाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकमध्ये ११ जना भाग्यशालीले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउनेछन् ।

११ : ११ उत्सवको अवसरमा मंगलबार एक दिनका लागि सञ्चालन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ११ : ११ ट्रेन्डसँग मेल खाने रमाइलो तथा आकर्षक अनुभव प्रदान गर्नु रहेको छ ।

‘वन स्टप सेल्फ–केयर एप’ का रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, आफ्नो उपयोग गर्न बाँकी सेवा हेर्न, रोमिङसहितका सेवा सक्रिय तथा निष्क्रिय गर्न र गिफ्टका रूपमा सेवाका विभिन्न प्याकहरू पठाउन पनि सक्छन् ।

एपमा अनलाइन तथा अफलाइन गेमहरू खेल्ने, समाचार हेर्न सकिने लगायतका अन्य रोमाञ्चक सुविधाहरू पनि उपलब्ध छन् । ग्राहकहरूले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी सेवाहरूको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

११ : ११ चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवको रूपमा विकसित भइसकेको एक टे«न्ड हो । ठूलो परिमाणको सेल, फ्ल्यास डिल, काउन्टडाउन अफर र सीमित समयका छुटहरूले गर्दा उपभोक्ताहरूमा ११ : ११ को आकर्षण बढ्दो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?