News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले नेपाल क्रिकेट संघसँगको 'पावर्ड बाई' साझेदारीलाई निरन्तरता दिँदै एनपीएल २०२५ को दोस्रो संस्करणको लागि समर्थन गरेको छ।
- एनपीएल दोस्रो संस्करण आगामी १ मंसिरदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ।
- एनसेलले आफ्ना ग्राहकलाई एनसेल एपमार्फत एनपीएलका खेलहरू लाइभ हेर्न सकिने सुविधा प्रदान गर्ने जनाएको छ।
२३ कात्तिक, काठमाडौं । एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात् एनपीएल दोस्रो संस्करणको चर्चा चल्दै गर्दा यो वर्ष पनि नेपाल क्रिकेट संघ (क्यान) सँगको आफ्नो ‘पावर्ड बाई’ को साझेदारीलाई निरन्तरता दिएको घोषणा गरेको छ ।
नेपाली क्रिकेटसँगको यो आबद्धताले स्थानीय क्रिकेटको विकासमा योगदान पुर्याउनुका साथै खेल र फ्यानहरूलाई थप ऊर्जा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
क्रिकेट खेलले सबैलाई जोड्ने भएकाले यो भव्य महाउत्सवमा ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थिमसहित एनसेलले सहकार्य गरेको छ ।
आगामी १ मंसिरदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दोस्रो संस्करण सुरु हुँदैछ । व्यावसायिक फ्रेन्चाइजमा आधारित टी–ट्वान्टी प्रतियोगिता एनपीएलमा गत वर्ष पनि एनसेल ‘पावर्ड बाई’ साझेदार थियो ।
यो प्रतियोगिताले नेपालको प्रदेशगत आ–आफ्ना स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीको अद्वितीय संयोजन साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन् । एनपीएलले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिविम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्ध उजागर गर्दछ । नेपाल र आम उपभोक्तालाई सधैं जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ ।
एनसेलको यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवर्द्धन गर्नमात्र सीमित नभई यस्ता प्रतियोगिता सफल बनाउने दर्शक र प्रशंसकका लागि पनि भएको कम्पनीले जनाएको छ । एनसेलले आफ्ना ग्राहकका लागि एनसेल एपमार्फत लाइभ एनपीएलका खेल आफू जहाँ भए पनि हेर्न सकिने सुविधा पनि प्रदान गर्ने छ ।
एनसेलले आफ्नो स्थापनाकालदेखि नै नेपालमा खेलकुद विकास र प्रतिभा विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएको छ ।
कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा–खेलाडीलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया 4