+
+
Shares

एनसेलका डेटा प्याक प्रयोगकर्तालाई मेटलाइफको बीमा सुरक्षा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेल र मेटलाइफ नेपालले ‘डेटासँगै जीवन बीमा’ नामक नयाँ योजना सुरु गरेका छन् जसमा मोबाइल डेटा र जीवन बीमा एकैसाथ उपलब्ध छ।
  • यो योजनामा दुई प्याकेज छन्, पहिलोमा ९९ रुपैयाँमा १०० एमबी डेटा र दुई लाख रुपैयाँ बराबरको जीवन तथा घातक रोग बीमा पाइन्छ।
  • ग्राहकले एनसेल एप वा *१२३*४*६# डायल गरेर प्याक रोज्न सक्नेछन् र बीमा फाराम बुझाएपछि सेवा सुरु हुन्छ भने क्रिटिकल इलनेस कभरेज ३० दिनपछि सक्रिय हुन्छ।

२० कात्तिक, काठमाडौं । एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डेटासँगै जीवन बीमा’ नामक एक नवीन योजना सुरु भएको छ । यो सेवा लिने ग्राहकले मोबाइल डेटाका साथै जीवन तथा घातक रोगको बीमा एकैसाथ पाउनेछन् ।

‘नेपालमै पहिलोपटक सुरु भएको यो सेवा अन्तर्गत ग्राहकले दुई विशेष प्याकेजमध्ये कुनै एक रोजेर बीमाको फाइदा लिन सक्छन्, जसमा डेटा प्रयोगसँगै बीमा सुविधा पनि प्राप्त हुन्छ’ एनसेलले भनेको छ ।

दुई प्याकेजमा पहिलोमा कर सहित ९९ रुपैयाँको प्याक रहेको छ । ३ दिन समयसीमा रहेको यो प्याकमा १०० एमबी डेटामा २ लाख रुपैयाँ बराबरको म्यादी जीवन बीमा र २ लाख रुपैयाँ बराबरको घातक रोग बीमा पाइन्छ ।

एनसेलका अनुसार यो बीमा सुविधा प्याक खरिद गरेको मितिबाट ३० दिनसम्म मान्य रहन्छ । दोस्रोमा ३९ रुपैयाँको प्याक रहेको छ ।

यो प्याकमा ग्राहकले ३ दिनका लागि १०० एमबी डेटा लिँदा ५० हजार रुपैयाँ बराबरको म्यादी जीवन बीमा र ५० हजार रुपैयाँ बराबरको घातक रोग बीमा पाउने एनसेलले जनाएको छ । यो बीमा सुविधा प्याक खरिद गरिएको मितिबाट ३० दिनसम्म मान्य रहन्छ ।

‘ग्राहकले एनसेल एपमार्फत आफूलाई मनपर्ने प्याक छानी, बीमाका लागि एउटा फाराम भरेर सजिलै यी दुई मध्ये एक प्याक लिन सक्छन्’ एनसेलले भनेको छ ।

यी प्याक *१२३*४*६# डायल गरेर पनि लिन सकिन्छ । प्याक लिएका ग्राहकको टर्म लाइफ इन्स्योरेन्स फारम बुझाउने वित्तिकै सुरु हुन्छ भने क्रिटिकल इलनेस (गम्भीर रोग) कभरेज ३० दिनको प्रतिक्षा अवधिपछि सक्रिय हुन्छ । यो साझेदारीले प्रयोगकर्ताका लागि बीमा पहुँच सहज बनाउने एनसेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?